सिन्धुली र काभ्रेको सिमानामा बिरामीहरू रोकिए, सांसद्ले गरे सरकारको ध्यानाकर्षण

News Summary

Generated by OK AI. Editorially reviewed.

  • संसद्‍मा काभ्रे र सिन्धुलीमा गएको बाढीको कारण सडक अवरुद्ध भएको विषय उठाइएको छ ।
  • सांसदहरूले बाढीपछिको व्यवस्थापन र पुनर्निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • सांसदहरूले बाढीका कारण बिरामी बोकेका एम्बुलेन्सहरू रोकिएको र यातायात सेवामा समस्या आएको जानकारी गराएका छन् ।

३० वैशाख, काठमाडौं । काभ्रेमा सोमबार गएको बाढीको विषय संसद्‍मा उठेको छ । बाढीका कारण अवरुद्ध सडक सञ्चालनको सम्बन्धमा सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् ।

frontline

मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै समय लिएर सांसद सूर्यमान दोङले सिन्धुली र काभ्रेको सिमानामा बिरामीहरू रोकिएको बताए ।

‘सिन्धुली र काभ्रेको सिमानामा ५०औं बिरामी, एम्बुलेन्स, यातायात लगायत रोकिएका छन्,’ उनले भने ।

यसअघि गएको बाढीपछिको व्यवस्थापन उचित तवरले गर्न नसक्दा समस्या भएको उनले बताए ।

सांसद लेखनाथ दाहालले पनि गत असोजमा गएको बाढीले पुर्‍याएको क्षतिपछि पुनर्निर्माणमा सरकारले ध्यान दिन नसक्दा वर्षा नलाग्दै समस्या आउन थालेको बताए । तत्काल बजेट व्यवस्थापन गर्न सरकारलाई उनको आग्रह छ ।

सांसद सूर्यमान दोङ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here