सिन्धुली को मुलकोट बजार लकडाउन

सिन्धुलीको सुनकोसी गाँउपालिका ५ विपी राजमार्ग स्थित मुलकोट बजार बुधबार देखि एक हप्ता लकडाउन गरिएको छ।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको त्रास फैलिएपछि मुलकोट बजार नजिकै एक विवाह भोजमा सरिक भएका एक जनामा कोरोना देखिएपछि बजारमा त्रास फैलिएकाले लकडाउन गरिएको लकडाउन गरिएको हो ।

frontline

सोहि विहे भएको घर परिवारका भित्रका एक बृद्ध काठमाडौंमा कोरोना भई मृत्यु भएको र उनका परिवारका अन्य केहिलाई समेत कोरोनाको संक्रमण देखिएपछि मुलकोट बजार बन्द गरिएको हो।

विपी राजमार्गमा पछिल्लो समय विस्तार भएको बजार मध्ये मुलकोट बढी भिडभाड हुने एक पर्यटकिय क्षेत्र भएकाले संक्रमणको जोखिम हुने देखिएकाले एक हप्ता लकडाउन गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन कमलामाई

poster-here