सिन्धुलीस्थित अक्करे भीरमा सधै बग्ने सुख्खा पहिरोले आवतजावतमा समस्या

सान्केतिक तस्बिर

१७ असार, सिन्धुली । सिन्धुलीको खुर्कोट घुर्मी सडक खण्डस्थित गोलञ्जोर गाउँपालिका–६ बाशेश्वरको हैबारस्थित अक्करे भीरमा सधै बग्ने सुख्खा पहिरोले आवतजावतमा समस्या भएको छ ।

दैनिक जसो झरिरहने पहिरोले सिन्धुलीको पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुुलगायत जिल्लाका यात्रुहरुले समस्या झेल्दै आएका छन् ।

frontline

सडक विभागको इस्काभेटर र लोडर प्रयोग गरेर पहिरो हटाउने प्रयास गरिएपनि पहिरो नरोकिएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here