सिन्धुपाल्चोकमा कांग्रेस अधिवेशन अनिश्चित

२ मङ्सिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको अधिवेशन अनिश्चित बनेको छ । दुई वटा वडा, स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन बाँकी रहेको अवस्थामा जिल्ला सभापति विकास लामाले बुधबार विज्ञप्ति जारी गरी अधिवेशन गर्न असहज अवस्था सिर्जना भएको बताएका हुन् ।

उनले अधिवेशन गर्न जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले असहयोग गरेको आरोप लगाएका छन् । अधिवेशन हुन नसकेका दुई वटा वडा र सामान्य विवाद भएका अरु दुई वडामा कात्तिक ३० मा अधिवेशन गर्न खोज्दा निर्वाचन समितिका पदाधिकारी अनुपस्थित भएको जिल्ला सभापति लामाले बताएका छन् ।

frontline

‘… केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबाट असहयोग भई समझदारीको वातावरण बन्न नसक्दा खटिएका केन्द्रीय निर्वाचन अधिकृतले जिल्ला जान अस्वीकार गर्नुभयो’ लामाले विज्ञप्तिमा भनेका छन्, ‘जसका कारण विभिन्न तहको अधिवेशनका लागि निर्धारित अधिवेशनमा अब के गर्ने भन्ने अन्योल र असहजताको अवस्था उत्पन्न भएकोमा जिल्ला कार्यसमिति अत्यन्त चिन्तित र गम्भीर भएको छ ।’

जिल्ला सभापति लामाले जिल्लामा अधिवेशनको वातावरण बनाउन पहल भइरहेको जनाएका छन् । सिन्धुपाल्चोकमा केन्द्रीय सदस्य बस्नेत र जिल्ला सभापति लामाबीचको १३ औं महाधिवेशनदेखि नै खटपट छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here