सिद्धार्थ बैंकले असार १० बाट ४ अर्बको ऋणपत्र जारी गर्दै

२ असार, काठमाडौं । सिद्धार्थ बैंकले असार १० गतेबाट ऋणपत्र जारी गर्ने भएको छ। कम्पनीले १० बर्ष अवधिको ऋणपत्र असार १४ गतेसम्म बिक्री गर्ने छ।

बैंकले ऋणपत्रमा ब्याज १०.७५ प्रतिशत दिने छ। अंकित मूल्य १००० रुपैयाँ दरका ऋणपत्रमा कम्तिमा २५ कित्ताका लागि आवेदन दिनु पर्ने हुन्छ।

frontline

बढिमा एक लाख कित्ताका लागि आवेदन दिन सकिन्छ। बैंकले कुल चार अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने छ।

 यसमध्ये २ अर्ब ४० करोड रुपैयाँ प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्ने छ। बाँकी ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्ने छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here