सिट बाँडफाँटलाई टुंगोमा पुर्याउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

२६ भदौ, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । हिजो शनिबारको बैठक निष्कर्षविहीन बनेपछि आज बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ८ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा सिट बाँडफाँटलाई टुंगोमा पुर्याउने गरी छलफल हुने बताइएको छ ।




आसन्न निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका सत्तारुढ दलहरुलाई सिट बाँडफाँट टुंगो लगाउन सकस परिरहेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले आफूहरु सहमतिको धेरै नजिक पुगिसकेको जानकारी दिएका छन् ।
यसअघि, आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलले प्रतिवेदन बुझाएको भनिएको थियो ।
प्रतिक्रिया दिनुहोस्