सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालय अन्तर्गतको अध्यक्ष पदमा नियुक्ति सम्बन्धी सिफारिस समितिले एक सूचना प्रकाशित गर्दै सो पदका लागि योग्य उम्मेदवारसँग आवेदन मागेको हो।
सूचना अनुसार, संस्थाको रिक्त अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नियुक्त गरिनेछ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी जेठ १८ गते सोमबार कार्यालय समयभित्र दरखास्त पेश गरिसक्नुपर्नेछ।






प्रतिक्रिया दिनुहोस्