सार्कका महासचिव भारत भ्रमणमा

श्रोत : ईन्टरनेट

मंगलबार, काठमाडौं । सार्कका महासचिव ईशाला रुवन वियरा अकोनले एक हप्ता लामो भारत भ्रमणको सुरुवात गरेका छन् ।

भ्रमणका क्रममा सार्कलाई ब्युउँताउने लगायत अन्य क्षेत्रीय सहकार्यका विषयमा कुराकानी हुने बताइएको छ ।

frontline

मंगलबार उनले भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटघाट गरेका छन् ।

भेटका क्रममा सार्क सम्मेलन लगायत अन्य क्षेत्रीय मुद्दामा कुराकानी भएको भारतिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भारत र पाकिस्ताबीचको तनावको कारण सार्कको शिखर सम्मेलन हुन सकेको छैन भने सार्कका अन्य गतिविधिहरु पनि सुस्ताएका छन् ।

उनले भारतका रक्षामन्त्री राजनाथ सिंह, विदेश सचिव हर्षवर्द्धन श्रृंगला लगायतकासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

गत वर्षको मार्च महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोगजना गरेको सार्क मुलुकका राज्य र सरकार प्रमुखको भर्जुअल सम्मेलनमा कोरोना भाइरसविरुद्ध मिलेर सहकार्य गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here