सामूहिक फोटो खिचाएर विदाइ भए एमाले संसद

३१ भदौ, काठमाडौ । नेकपा एमालेले आफ्ना सांसदहरुलाई विदाइ गरेको छ । शुक्रबार बसेको नेकपा एमाले संसदीय दलको बैठक बसेर एमाले सांसदहरु छुटिएका हुन् । उनीहरुले बैठकको अन्त्यमा सामूहिक फोटोसमेत खिचेका छन् ।

प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सकिन एकदिन मात्रै रहन बाँकी रहँदा अध्यक्ष केपी शर्मा ओलीले सबै सांसदहरुलाई बैठकमा बोलाएर यो कार्यकालको अन्तिम सम्बोधन गरेका हुन् ।

frontline

उनले आउँदो निर्वाचनमा जित निकाल्नका लागि सम्पूर्ण शक्ति प्रयोग गर्न निर्देशन दिँदै यो कार्यकालमा सांसदहरुले खेलेको भूमिकाको पनि धन्यवाद प्रदान गरे ।

बैठकमा उनले भने, ‘यस अवधिमा धेरै खालका उतारचढाव आए, एमालेका माननीयले निकै राम्रो भूमिका खेल्नुभो । त्यसका लागि धन्यवाद दिन चाहन्छु।’

त्यस्तै उनले पार्टी विभाजनको प्रसंगलाई जोड्दै दुखसमेत व्यक्त गरेका छन् । उनले माधव नेपाललाई लक्षित गर्दै कटाक्षसमेत गरेका थिए ।

‘केही साथीहरू पार्टी फुटाएर जानुभयो । संसदमा माझीदाइ देश बचाइदेऊ भन्दै गीत गाएर ताण्डव देखाए साथीहरूले,’ अध्यक्ष ओलीले कटाक्ष गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here