सामुदायिक विद्यालयका विद्यार्थीलाई दैनिक खाजा-सन्धिखर्क

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरुआत भएको छ । 

नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अध्ययनरत शिशुतहदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई यही पुस १५ गतेदेखि दिवा खाजा कार्यक्रम सञ्चालन भएको हो ।

frontline

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउने र विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्ने वातावरणको सिर्जना गर्न कार्यक्रम अघि सारिएको नगरपालिकाले अर्घाखाँचीडट्कम जानकारी दियो ।

सन्धिखर्क नगरपालिकाका अनुसार विद्यालय खुलेको दिनमा प्रति दिन रु १५ का दरले दिवा खाजा खुवाउने गरी नगरपालिकाले आवश्यक तयारी गरेको छ । विद्यालय व्यवस्थापन समितिको निर्णयमा खाजा खुवाउने व्यवस्था गर्नुपर्ने र खाजा खुवाउदा आवश्यक मात्रा, स्वच्छता र पोषकतत्व सुनिश्चिततामा ध्यान पु¥याउनुपर्ने नगरपालिकाले अर्घाखाँचीडट्कम जानकारी दियो ।

अभिभावक, आमा समूह वा क्लब र अन्य व्यावसायिक लगायतको माध्यमवाट स्थानीयस्तरमा उत्पादित खाद्यान्न प्रयोग गरी दिवा खाजा खुवाउन सकिने जनाइएको छ । बजारमा किनिएका सामान र पत्रु खान पूर्ण रुपमा निषेध गरिएको छ । विद्यालयले मासिक रुपमा खुवाएको खाजाको भुक्तानी आवश्यक बिल भरपाईको आधारमा नगरपालिकाले भुक्तानी गर्नेछ । 

दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई पूरै अवधि विद्यालयमा रहने वातावरण सिर्जना गर्नुका साथै अखाद्य वस्तु र पत्रु खानको प्रयोगमा कमी ल्याउने नगरपालिकाको भनाई छ । जिल्लामा भूमिकास्थान नगरपालिकाले पनि यस्तो कार्यक्रम शुरु गरेको थियो । यसवाट निजी विद्यालयमा जस्तै विद्यार्थीको सिकाइस्तर र निरन्तरतामा वृद्धि हुने अपेक्षा गरिएको गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here