सामुदायिक वनमा भेटियो मानव कंकाल

६ साउन, सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका–१० साततलेस्थित गौरीशङ्कर सामुदायिक वनमा मानव कंकाल भेटिएको छ।

बिहीबार दिउँसो उक्त मानव कंकाल भेटिएको हो।

frontline

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले उक्त सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयवासीले मानव शरीरको अस्थिपञ्जर देखेपछि प्रहरीलाई खबर गरेको बताए।

‘तीन–चार महिनाअघिको देखिने मानव कंकाल पुरुषको भएको र छरिएको अवस्थामा भेटिएको थियो’, प्रवक्ता पाण्डेले भने, ‘जनप्रतिनिधिको रोहवरमा घटनास्थलबाट मुचुल्का गरी कंकाललाई प्रहरीले ल्याएको छ।’

प्रहरीकाअनुसार सो घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here