सामुदायिक वनमा भेटियो महिलाको शव

२६ पुस, सोलुखुम्बु ।  जिल्लाको सोलु दुधकुण्ड नगरपालिक-११ रमितेमा अवस्थित कडेनी झोडेनी सामुदायिक वनमा एक महिलाको शव भेटिएको छ ।

आइतबार साँझ सिद्धिचरण नगरपालिका–४ ओखलढुङगाकी ४७ वर्षीया राधिका ठटालको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

frontline

कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ऋषीराज ढकालका अनुसार जङगलमा बेवारिसे अवस्थामा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शवको प्रकृति हेर्दा २–३ दिन अगाडि नै मुत्यु भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ । 

घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here