सामाजिक न्याय, सुशासन र समृद्धि सरकारका प्रमुख तीन प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

फाइल तस्बिर।

१७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धि सरकारका प्रमुख तीन प्राथमिकता रहेको बताएका छन्। 

नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चुनौतीपूर्ण अवस्थामा गठन भएको सरकारले आफ्ना प्राथमिकतालाई प्रभावकारी कार्यान्वयनमा लैजाने बताए। 

frontline

लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा तथा प्रगतिशील कार्यान्वय, चुनौतीपूर्ण रुपमा रहेको अर्थतन्त्रमा सुधार गर्दै जनसेवा र जनजीविकाका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन गर्ने सरकारको कार्यभार रहेको प्रधानमन्त्रीको भनाइ छ। 

प्रधानमन्त्रीले भने, ‘चुनौतीपूर्ण परिस्थितिमा गठन भएको मेरो नेतृत्वको सरकार सामाजिक न्याय, सुशासन र समृद्धिका तीन प्राथमिकता निर्धारण गरी अघि बढिरहेको छ।

लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा एवम् प्रगतिशील कार्यान्वय, चुनौतीपूर्ण रुपमा रहेको अर्थतन्त्रमा सुधार एवम् जनसेवा र जनजीविकाका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन वर्तमान सरकारको प्रमुख कार्यभार हो।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here