साबा महिला बास्केटबल च्याम्पियनसिपमा श्रीलंकालाई हराउँदै नेपालको पहिलो जित

१२ असोज, काठमाडौं । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ।

माल्दिभ्सबमृ मालेमा मंगलबार राति भएको खेलमा श्रीलंकालाई हराउँदै नेपालले पहिलो जित निकालेको हो। नेपालले श्रीलंकालाई ५५–४९ ले हराएको हो।

frontline

यस अघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको थियो। अब नेपालले तेस्रो तथा अन्तिम खेलमा भुटानसँग खेल्नेछ।

प्रतियोगितामा ४ राष्ट्र सहभागी छन्। राउण्ड रोबिनको आधारमा शीर्ष टोलीले उपाधि जित्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here