साफ यु-२० च्याम्पियनसिप:

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । घरेलु टोली नेपाल समूह विजेता बन्दै साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई २-१ को गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालकालागि समीर तामाङ र निराजन धामीले गोल गरे । बङ्गलादेशका मिराजुल इस्लामले एक गोल फर्काए । 

frontline

खेलको १७ औं मिनेटमै नेपालले सुरुआती अग्रता लियो । नेपालका कप्तान कुशल देउवाले पेनाल्टी बक्सबाट क्लियर गरेको बललाई बङ्गलादेशका गोलकिपरले रोक्न खोज्दा समीर तामाङले गोल गरेका थिए । त्यस्तै खेलको १९ औं मिनेटमा निराजन धामीले गोल गरे ।

पहिलो हाफको ४२ औं मिनेटमा मिराजुल इस्लामले बङ्गलादेशका लागि गोल गरेका थिए । तीन अङ्क जोडेको बङ्गलादेश  पनि समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ । अव शुक्रबार हुने  समूह बी को अन्तिम खेलबाट नेपाल र बङ्गलादेशको सेमिफाइनल प्रतिद्वन्दी तय हुने छ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल सहित बङ्गलादेश र श्रीलङ्का रहेका छन् । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here