साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुग्यो

२४ कार्तिक, काठमाडौं । यसवर्ष साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५१ हजार १७७ र मृतकको संख्या ५७ पुगेको हो । 

frontline

अक्टोबरयता देशभर डेंगी संक्रमितको संख्या ओरालो लागेको महाशाखाको तथ्यांकले देखाउँछ । 

सेप्टेम्बरमा २७ हजार ५२९ जना संक्रमित थपिएकोमा अक्टोबरमा यो संख्या १४ हजार ६४६ मा झरेको देखिन्छ  । त्यस्तै, नोभेम्बरका नौ दिनमा एक हजार १६६ जना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकासहित चिसो बढ्दै गएका जिल्लाहरुमा संक्रमितको संखया घट्दै गए पनि तराईका जिल्लाहरुमा २० डिग्री सेल्सियसभन्दा बढी नै औसत तापक्रम रहेकाले जोखिम अझै कायमै रहेको महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालको भनाइ छ । 

साथै, संक्रमित लामखुट्टे एक महिनासम्म जीवित रहने भएकाले अहिले संक्रमण सारिरहेका लामखुट्टेले अझै एक महिनासम्म संक्रमण गराउन सक्ने हुँदा सतर्कता अपनाउन डा. दाहालको सुझाव छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here