साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न मन्त्रालयसँग अनुमति

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।

बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको बताए ।

frontline

कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने भएकाले अनुमति माग गरेको र परीक्षाको तयारी पनि गरिरहेको बोर्डले जनाएको छ ।

गत जेठ २६ बाट शुरु हुने तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो ।

शतप्रतिशत लिखित परीक्षा

बोर्डले गत वर्षको भन्दा फरक मोडालिटी अर्थात् शतप्रतिशत लिखित परीक्षा लिने तयारी गरेको छ ।

गत वर्ष आन्तरिक मूल्यांकनलाई समेत अन्तिम मूल्यांकनको आधार बनाएको थियो ।

तर बोर्डका अध्यक्ष प्रा. डा. पौडेलले भने ‘पोहोरको जस्तो हुँदैन । सबै लिखित परीक्षा लिन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here