साउनदेखि लगाउन ४० लाख डोज खोप ल्याउँदैछौं :प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले भने- साउनदेखि लगाउन ४० लाख डोज खोप ल्याउँदैछौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउनदेखि लगाउन सुरू गर्ने गरी कोरोनाभाइरसविरुद्धको ४० लाख डोज खोप ल्याउन लागिएको बताएका छन्।

frontline

बुधबार बसेको कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्नै त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको बताए।

‘आगामी साउनदेखि लगाउन थालिने छ।

अन्य देशसँग पहल प्रयत्न भइरहेकोले खोपको अभाव क्रमशः हल हुँदै जानेछ,’ बैठकमा प्रधानमन्त्री ओलीले भने।

सरकारका एक जना मन्त्रीले चीनबाट ४० लाख डोज खोप किन्ने निर्णय भएको बताए।

तर उनले खोप कसरी किन्न लागिएको हो भन्नेबारे विस्तृत खुलाएनन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here