साउदी पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न व्यक्ति फ्रान्समा पक्राउ

२३ मंसिर, बेलायत ।  साउदी पत्रकार जमाल खशोग्गीको हत्याका संलग्न भएका एक जना पक्राउ परेका छन् ।

पत्रकार खशोग्गीको हत्यामा संलग्न  साउदी अरेबियाका एक नागरिक मंगलबार फ्रान्समा पक्राउ परेको बीबीसीमा समाचार छ ।

frontline

प्रहरीले साउदीका खालेद एद अल ओतैबीलाई फ्रान्सको चार्लुस डे गोले विमानस्थलबाट पक्राउ गरेको हो ।

पत्रकार खशोग्गीको सन् २०१८ को अक्टोबरमा इस्तानबुलको साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो।

साउदी अरेबियाका अधिकारीहरुले दुर्घटनामा खशोग्गीको मृत्यु भएको दावी गरेका थिए ।

यद्यपी, टर्कीका अधिकारीहरुले साउदी अरेबियाको निर्देशनमा उनको हत्या भएको बताउँदै आएका छन् ।

खशोग्गी वाशिङटन पोस्टमा समेत काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here