साउदीका युवराज मोहम्मद विन सलमान प्रधानमन्त्रीमा नियुक्त

१२ असोज, रियाद । साउदी अरेबियाका शक्तिशाली युवराज मोहम्मद विन सलमानलाई प्रधानमन्त्री नियुक्त गरिएको छ ।

परम्परागत रूपमा यो पद साउदी नरेशले नै धारण गर्ने चलन थियो । ८६ वर्षीय नरेश सलमान विन अब्दुलाजिजका ३७ वर्षीय युवराज यसअघि नै तेलका लागि धनी खाडी मुलुक साउदी अरेबियाको शासकको रूपमा रहँदै आएका थिए । शाही आदेश जारी गर्दै उनलाई प्रधानमन्त्री बनाइएको हो ।

frontline

यसलाई आधारभूत कानुनको अपवादपूर्ण कदमको रूपमा लिइएको छ । 

यो कदम विगतको नरेशको प्रतिनिधिमण्डलको काम र कर्तव्यसँग मिल्दोजुल्दो भएको एकजना अधिकारीले अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई बताएका छन् ।

ती अधिकारीले भनेका छन्, “युवराजले यसअघि नै मुलुकको मुख्य कार्यकारिणी निकायहरूका दैनिक कामकाज हेर्दै आएका थिए । उनको नयाँ प्रधानमन्त्री पदको भूमिका पनि त्यसभित्रै पर्दछ ।” 

अस्वस्थताका कारण यसै वर्ष मात्र दुई पटक अस्पताल भर्ना भइसकेका नरेशले अझैपनि मन्त्रीमण्डलको अध्यक्षता गर्ने बताइएकाे छ । 

शाही आदेशअनुसार नरेशका अर्का पुत्र राजकुमार खालिद विन सलमानलाई नयाँ रक्षामन्त्री बनाइएको छ भने तेश्रो राजकुमार अब्दुलाजिज विन सलमानलाई उर्जा मन्त्रीमै यथावत राखिएको छ । 

बीबीसीबाट । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here