साउथ वेष्ट्रन स्टेट कलेजद्धारा टोखाका निर्वाचित जनप्रतिनिधिलाई सम्मान

फ्रन्टलाइन, काठमाडौँ । बसुन्धरामा अवस्थित साउथ वेष्ट्रन स्टेट कलेजले टोखा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । कलेजमा आयोजित एक कार्यक्रमका बिच बुधबार जनप्रतिनिधिलाई सम्मान गरिएको हो । साथै सोही कार्यक्रमका बिच समग्र टोखा नगरपालिका भित्र रहेका सामुदायिक तथा निजि विद्यालयहरुका प्रिन्सिपलहरुसंग छलफल तथा अन्तक्र्रिया कार्यक्रम समेत सम्पन्न गरियो ।
कार्यक्रममा टोखाका नवनिर्वाचित नगरप्रमुख प्रकाश अधिकारी , उपप्रमुख मुरारी तामाङ्ग लगायत वडाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत लगायत कर्मचारीहरु, साउथ वेष्ट्रन स्टेट कलेजका क्याम्पस प्रमुख डा राजेन्द्र केसी, सहायक क्याम्पस प्रमुख हरी सिं केसी लगायत अन्य पदाधिकारीहरु, टोखाका समग्र विद्यालयका प्रिन्सिपलहरु र शिक्षाप्रेमी व्यक्तित्व एवम् विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा टोखा नगरपालिकाले अघिल्लो कार्यकालमा गरेको शैक्षिक विकासका कार्यहरुको समिक्षा सहित आगामी कार्यकालमा गर्नुपर्ने आवश्यकिय कामहरु बारे वृहत छलफल भएको थियो । नगरप्रमुख, उपप्रमुख, शिक्षा शाखाका कर्मचारी लगायतले नगरका योजना सुनाएका थिए भने उपस्थित प्रिन्सिपलहरुले विभिन्न सुझाव दिएका थिए ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले महत्वपुर्ण मन्तव्य दिएका थिए । सो महत्वपुर्ण छलफलले टोखाको उपयुक्त शैक्षिक योजना निर्माण गरि समग्र शैक्षिक विकासमा टेवा पुर्याउनेमा विश्वास समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here