सांसद सिंहको प्रश्न- भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुग्यो ?

भुटानी शरणार्थी प्रकरणकै कारण वर्तमान सरकार बनेको दावी गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भ्रष्टाचारका सबै काण्डको अनुसन्धान रोकेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणको कारण बनेको सरकारले अनुसन्धान प्रभावित बनाएको आरोप लगाएका छन् ।

frontline

प्रतिनिधिसभामा सोमबारबाट सुरु भएको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै स्वतन्त्र सांसद सिंहले सुशासनको कुरा कागजमा नभई व्यवहारमा देखिनु पर्ने बताए ।

‘भुटानी शरणार्थी प्रकरणको कारणले यो सरकार बनेको थियो । मैले सदनको यही हलमा सर्ट खोलेर प्रदर्शन गर्दै अनुसन्धानको माग गरेको थिएँ । अहिले त्यो अनुसन्धान कहाँ पुग्यो ?’ सांसद सिंहले थप प्रश्न गरे, ‘वाइडबडी, टेरामक्स काण्डको अनुसन्धान कहाँ पुग्यो ?’

वर्तमान सरकारले विदेशीसँग ऋण लिएर भ्रष्टाचार गरिरहेको बताएका उनले सरकारमा बस्नेहरूमा सत्ताउन्माद बढेको चर्चा गरे ।

उनले वर्तमान सरकार गठन भएदेखि नै साना दल, जनजाति, दलित, महिला, मधेशीमाथि चुनौती बढेको जिकिर गरे । ‘दुईतिहाइको सरकार नांगो हिँडिरहेको छ । यो सरकार बनेदेखि नै साना दलमाथि चुनौती बनेको छ । जनजाति, दलित, महिला, मधेशीलाई समाप्त गर्न सरकार लागि परेको छ ।’

उनले शिक्षा, स्वास्थ्य र सडक ध्वस्त हुँदा पनि सरकारको प्राथमिकता पानीजहाज र रेलमा परेको भन्दै गुनासो गरे ।

‘अहिले पानीजहाज आवश्यक छैन । रेलको आवश्यकता छैन । आवश्यक परेको सडक हो । तर, सडक बनाउनेतिर सरकारको ध्यान छैन,’ उनले थपे, ‘सरकारले बिचौलिया प्रदा गरेको छ । कामकारबाहीमा दलालतन्त्र प्रदा गरेको छ ।’

स्वदेशमा विद्यार्थी रोक्न नसक्ने सरकार नयाँ–नयाँ विश्वविद्यालय खोल्न र आफ्ना मान्छेलाई भीसी, रेक्टर बनाउन तल्लिन रहेको जिकिर पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here