सांसद बस्नेतद्वारा त्रिवेणी खोलाको पुल उद्घाटन

सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेल स्थित पलासे–डोलेश्वर खण्डमा पर्ने त्रिवेणी खोलाको पक्की पुल उद्घाटन गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले एक विशेष कार्यक्रमका बिच उक्त पुल आज विधिवत रुपमा उद्घाटन गर्नुभएको हो ।

८ मिटर चौडाई भएको उक्त मोटेरेवल पुलको लागत रु ८१ लाखमा निर्माण सम्पन्न भएको हो । १९ फागुन २०७६ सालमा सम्झौता गरी सुरु गरिएको उक्त पुल उद्घाटनसँगै उक्त भेगका मानिसहरुले सहजरुपमा यातायातको सुविधा लिन सक्ने भएका छन् । पक्की पुल निर्माण गर्न विशेष भूमिका निर्वाह गर्नुहुने सांसद बस्नेतप्रति उक्त स्थानका जनताले उच्च सम्मान गर्दै विकासको नक्षत्रको रुपमा महेश बस्नेत भएको उल्लेख गरे । विगतका जनप्रतिनिधिकै कारण विकासबाट पछाडी परिएको इतिहास सम्झदै अबका दिनमा उक्त पिडादायी जीवन क्रमिक रुपमा अन्त्य हुँदै गएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरे । आगामी निर्वाचनमा समेत जनताले विकास प्रेमी सांसद छान्नेमा विश्वास गर्न समेत सांसद बस्नेतलाई आग्रह गरे ।

frontline

विकास र समृद्धिको यात्रामा दौडिएको भक्तपुर जिल्लामा कोरोनाको कहरकाबीच पनि प्रायजसो दैनिक रुपमा शिलान्यास तथा उद्घाटन भइरहेका छन् । उक्त पुल उद्घाटनका क्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको दुर्गम बस्तीको रुपमा हुन नदिने उहाँले प्रतिवद्धता जनाउनुभयो । निर्वाचनको प्रतिवद्धता शतप्रतिशत पुरा गरिसकेको उल्लेख गर्दै अर्को दुई जनताको विकास प्रतिको चाहना पुरा गर्न बोनसको रुपमा काम गर्ने उद्घोष गर्नुभयो । सूनपा ९ मा तीन वटा पुलहरु निर्माण सम्पन्न भइसकेको जानकारी गराउँदै उहाँले अधुरा कामहरु तत्काल पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

भक्तपुरमा विकासमा ऐतिहासिक अवसरको रुपमा रहेको उल्लेख गर्दै उहाँले तीनै तहका सरकारको सहयोगमा नगरपालिका क्षेत्रभित्र करोडौंका आयोजनाहरु निर्माणको क्रममा रहेको जानकारी गराउनुभयो । सडक, खानेपानी, ढल, विद्यालयलगायतका व्यवस्थापनसहितका समस्या समाधनको चरणमा रहेको बताउनुभयो ।

नयाँ स्मार्ट सिटीको लागि आवश्यक प्रकृया अगाडी बढिरहेको उल्लेख गर्दै कर्वोड हल र राष्ट्रिय स्तरको रंगशाला बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । ल्याण्ड पुलिङको साथ साथै रंगलाशालको लागि जग्गाको व्यवस्थापन गरिरहेको जानकारी गराउनुभयो । जनताको भावना नै आफ्नो भएको उल्लेख गर्दै उहाँले दैनिक रुपमा जनताको साथमा उपस्थित हुँदै जनताको समस्यालाई सुनुवाई गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सामाजिक सञ्जालको सुझावलाई समेत ग्रहण गरी जनतासँग सम्पर्कमा रहने उल्लेख गर्दै उहाँले आफ्नो निर्वाचन क्षेत्रमात्र नभई जिल्लाभर नै आफुले विकास र समृद्धिको नेतृत्व गरिरहेको जानकारी गराउनुभयो । सरकारले गरेका नेपालका सवै जिल्लाहरुमा गरेको कामहरुमा उत्कृष्ट जिल्लाको रुपमा भक्तपुर रहेको दावी गर्दै उहाँले प्रधानमन्त्री केपी ओलीलाई गाली गरेर आफ्नो राजनीतिक भविष्य सुरक्षित हुन्छ भन्नेहरुले भ्रम सिर्जना गरिरहेकोमा सचेत हुन आम नागरिकलाई आग्रह समेत गर्नुभयो ।

आलोचकहरु फेल हुने उल्लेख गर्दै उहाँले समृद्धि नेपाल सुखी नेपालीको अभियान पुरा हुनेमा कुनै संका नभएको बताउनुभयो । माधव कुमार नेपाल तथा पुष्पकमल दाहाललाई लक्षित गर्दै भक्तपुर जिल्लामा विभाजनकारी र गुटवन्दी गर्नेहरुलाई कुनै पनि स्थान नरहेको उल्लेख गर्दै उहाँले जिल्लामा विभाजन तथा गुटवन्दीमा लाग्नेको संख्या नगन्य रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भक्तपुर जिल्लामा विकास विरोधी तथा पार्टीको विभाजनकारी र गुटवन्दी गर्नेको कुनै स्थान नै छैन । एउटा वडामा एक दुई जनाभन्दा बढी छैनन् । एक दुई जना पनि रिसइवी, पिल्सीएर, कुण्ठालगायतका कुराहरु पालेकामात्र छन् । ती साथीहरु पनि नवहकिनुस्, अन्त गएर केही हुनेवाला छैन । मुलधार भनेको मुलधार नै हो । छुट्टीएर हिड्दा जंगलमा (एनिमल प्लानेट च्यानल) सिंहले छुट्टीनेलाई आक्रमण गरे जस्तै राजनीतिमा समेत मुलधारबाट छुट्टीएर जानेलाई आक्रमण हुन्छ ।’

वडाध्यक्ष उपेन्द्र राज केसीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख बाशुदेव थापा, उपप्रमुख जुना बस्नेत, वडा नं. ८ का वडाध्यक्ष किरण थापा, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here