साँढे ८ हजार भन्दा धेरैमा संक्रमण, करिब १ हजार संक्रमणमुक्त, ५८ जनाको मृत्यु

फ्रन्टलाइन कोभिड अपडेट । नेपालमा पछिल्लो २४ घण्टामा साढे आठ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै काठमाण्डौ उपत्यकामा मात्रै तीन हजार आठ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै नेपालमा थप ५८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

frontline

पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९३ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८० दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आईसीयू रहेका ६ सय सङ्क्रमितमध्ये एक सय ५६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

poster-here