सहायक केन्द्र अध्यक्ष लामा द्वारा विद्यार्थीहरूसँग पैसा लिएको फोटो सार्वजनिक

सत्येन्द्र प्रताप सिंह
चैत ७ रौतहट
जिल्लाको यमुनामाई गाउँपालिका ५ झुनखुनवामा रहेको श्री यमुनामाई माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सहायक केन्द्र अध्यक्ष भिम लामाले विद्यार्थीहरूसँग पैसा लिई मोबाइल फिर्ता दिएको घटना सार्वजनिक भएको छ।
प्राप्त तस्बिरहरूमा देखिएको अनुसार, परीक्षाको समयमा विद्यार्थीहरूसँग मोबाइल संकलन गरिएको थियो, तर पछि पैसाको लेनदेनपछि ती मोबाइलहरू फिर्ता गरिएको आशंका गरिएको हो ।
स्थानिय बासिन्दा र विद्यार्थी अभिभावकहरूले यो घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। यस विषयमा विद्यालय प्रशासन र स्थानीय निकायसँग प्रतिक्रिया लिन खोज्दा कुनै आधिकारिक बयान प्राप्त हुन सकेको छैनन् ।
यस घटनाले शिक्षण संस्थामा अनुशासन र पारदर्शितामाथि प्रश्न उठाएको छ। यदि दोषी पाइएमा कानुनी कारबाही गरिनुपर्ने स्थानीयहरू माग गरिरहेका छन्।
अधिकारसम्बन्धी निकायहरूले यस घटनाको सत्यता पत्ता लगाउन आवश्यक छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here