सशस्त्र प्रहरी बलको २५औँ वार्षिकोत्सवमा रौतहटमा ‘लागुऔषध, सीमा सुरक्षा र युवा’ विषयक निबन्ध तथा वक्तृत्वकला प्रतियोगिता
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश फतुहा रौतहटको आयोजनमा सशस्त्र प्रहरी बल, नेपालको आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा जिल्ला रौतहट राजपुर नगरपालिका-३, बलुवा स्थित श्री किसान माध्यामिक विद्यालयमा प्रधानध्यापक ईजाजुल हकको समन्वयमा “लागु औषध, सीमा सुरक्षा र युवा” शिर्षकमा कक्षा ९ र १० मा अध्ययनरत छात्र-छात्राहरु बीच निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो ।
प्रतियोगितामा निबन्ध लेखन तथा वक्तृत्वकला जस्तो कार्यक्रम सञ्चलान भएको थियो।
प्रतियोगितामा कक्षा 10 मा अध्ययनरत छात्रा सुराती साह र वक्तृत्वकलामा कक्षा 9 मा अध्ययनरत छात्र फिर्दोस आलम उत्कृष्ट भएका थिए ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश फतुहा रौतहटका बेशपति सशस्त्र प्रहरी निरीक्षक सुवाश पहाडीले उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरी लागू औषध दुर्व्यसनी र सडक दुर्घटना सम्बन्धी सचेतनामूलक कक्षा समेत लिनुभएको थियो ।
सशस्त्र प्रहरी बल, नेपालले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सीमा सुरक्षा बाहेक सामाजिक काममा समेत अग्रसरता देखाउँदै आइरहेका छन् भने समाजमा चुस्त दुरुस्त शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुको साथै नागरिकलाई विभिन्न परिवेश र विषयमा चेतनशील बनाउनमा पनि सशस्त्र प्रहरी बल, नेपालको मुख्य भूमिका रहेको छ भन्ने जस्ता कुरा को पनि विषयमा चर्चा भएको थियो यस कार्यक्रममा स्थानिय बुद्धिजीवी भद्र भलादमी समाजसेवीहरु को उपस्थिति रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्