सवारी दुर्घटना, ४ भारतीय नागरिकको मृत्यु

२८ कार्तिक, जनकपुरधाम । रौतहटमा सवारी दुर्घटनामा परी चार भारतीय नागरिकको मृत्यु भएको छ । गएराति अमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक कार दुर्घटना भएको हो ।

चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने उक्त सडखण्डमा  यूके १२ सी २९०० नम्बर प्लेटको कारमा सवार चार जना भारतीय नागरिकको मृत्यु भएको प्रहरी उपीक्षक दिनेश घिमिरेले जानकारी दिए । 

frontline

प्रहरीले उनीहरुको साथमा भएको आईडी कार्डको आधारमा भारतीय नागरिक रहेको पहिचान गरेको हो । यद्यपि, उनीहरुको सनाखत हुन सकेको छैन । प्रहरीले घर परिवारलाई जानकारी गराइसकेको छ । 

उनका अनुसार झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना कार सडक पेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो ।

चारैजनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ। दुर्घटनामा परेको कारलाई गहिरो पानीबाट राति नै प्रहरीले क्रेन लगाएर निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here