सल्यानमा विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुईको मृत्यु, १५ जना घाइते

२ जेठ, दाङ । सल्यानमा विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कुमाख – १  स्यानिपिप्लिका लोकेन्द्र राना र वडा नम्बर ४ कोर्तीका गोपाल बुढाथोकी रहेको प्रहरीले बताएको छ।

frontline

जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकाहरुलाई करेन्ट लागेको सल्यानका प्रहरी प्रमुख डीएसपी सुमित खड्काले बताए ।

गाडीको छतमा झण्डा समाएर बस्नेत ज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरुलाई विजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाइ रुकुमको चौरजहारी मिसन अस्पताल लगिएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here