सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस
२१ भदौ, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस गरिएको छ। न्याय परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका दुई न्यायाधीश र एक जना कानुन व्यवसायीको नाम सिफारिस गरेको हो।
न्याय परिषद् बैठकले उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दीक्षित, उच्च अदालत जनकपुरका विनोद शर्मा र कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ता डीएन पराजुलीलाई नियुक्तिका लागि सिफारिस गरेको हो।
प्रतिक्रिया दिनुहोस्