सर्वोच्चमा आज दुई एकलसहित आठ संयुक्त इजलास

८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दश इजलास तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले आजका लागि दुई एकलसहित आठ संयुक्त इजलास तोक्नुभएको हाे ।

१० इजलासमा २६६ मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

frontline

प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुङ्गाना, मीरा खड्का र हरिप्रसाद फुँयाल, हरिकृष्ण कार्की र कुमार रेग्मी, विश्वम्भरप्रसाद श्रेष्ठ र डा. मनोजकुमार शर्मा, बमकुमार श्रेष्ठ र डा. कुमार चुडाल, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल, प्रकाशमान सिंह राउत र नहकुल सुवेदी तथा तेजबहादुर केसी र टङ्कबहादुर मोक्तानका लागि संयुक्त इजलास तोक्नुभएको छ ।

साथै, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाका लागि एकल इजलास तोकिएको सर्वोच्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here