सर्वोच्चको पूर्ण पाठ आएपछि मात्र गृहको नेतृत्वबारे निर्णय गर्छु : प्रधानमन्त्री प्रचण्ड

फाइल तस्बिर।

१७ माघ, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाइने बताएका छन् । 

मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका हुन् ।

frontline

उनले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ आएपछि मात्र गृहको नेतृत्वबारे निर्णय गर्ने बताए। मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका थिए। 

रवि लामिछानेले अमेरिकी नागरकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो ।

त्यसपछि उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । गत आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रविले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखिरहेका छन् । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here