सर्वोच्चको तीन इजलासमा भ्रष्टाचारसम्बन्धी ९९ थान मुद्दा पेसीमा

समाचार सारांश

  • सर्वोच्च अदालतमा शुक्रवार भ्रष्टाचारसम्बन्धी ९९ वटा मुद्दा पेशीमा तोकिएको छ।
  • न्यायाधीशको इजलासमा झुट्टा प्रमाणपत्र, रकम हिनामिना, र परीक्षा परिणाम फेरबदलसम्बन्धी मुद्दा छन्।
  • सरकारी सम्पत्ति हिनामिना, राजश्व चुहावट, र जग्गा दर्तामा अनियमिततासम्बन्धी मुद्दा पनि पेशीमा छन्।

काठमाडौँ । सर्वोच्च अदालतमा आज (शुक्रवार) तीन वटा इजलासमा भ्रष्टाचारसम्बन्धी ९९ थान मुद्दा पेसीमा तोकिएको छ । न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा झुट्टा प्रमाणपत्रका आधारमा शिक्षक नियुक्तिदेखि सवारी चालक अनुमतिपत्रमा चलखेल, सरकारी रकम हिनामिना, परीक्षा परिणाम फेरबदल लगायत भ्रष्टाचारसम्बन्धी ३२ वटा पेसी सूचीमा छन् ।

frontline

त्यस्तै न्यायाधीश मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा ३३ थान पेसी रहेको छ । जग्गाधनी जग्गा स्रेस्ता सच्याई नक्कली जग्गाधनी खडा गरी जग्गाको हक गैरकानुनी हस्तान्तरण, झुट्टा बिल भरपाइ र प्रतिवेदन पेस गरी रकम हिनामिना हानी नोक्सानी गरी भ्रष्टाचार गरेको, सरकारी अनुदान रकम हिनामिना गरी भ्रष्टाचार गरेको, विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार सम्पत्ति शुद्धीकरण लगायतको मुद्दा पेसीमा छन् ।

त्यस्तै न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासमा ३४ थान मुद्दा पेसी तोकिएको छ । सरकारी सम्पत्ति हिनामिना,नपाएको ‌ओहदा पाए भनी भ्रष्टाचार गरेको, राजश्व चुहावट र हानिनोक्सानी,परीक्षाको परिणाम फेरबदल, विद्यालय भवन निर्माणको रकम हिनामिना, सरकारी कागजात हेरफेर गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता लगायतमा भ्रष्टाचार मुद्दा पेसीमा रहेको छ ।

#सर्वोच्च अदालत #भ्रष्टाचार #मुद्दा

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here