सर्वनामको आठौँ वार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न

सर्वनामको आठौँ वार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न, नयाँ कार्यसमिति चयन ।
सर्वनाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सातौँ वर्ष पुरा गरि आठौँ वर्षमा प्रवेश गरेको छ । लाजिम्पाटमा अवस्थित संस्थाको आठौँ वार्षिक साधारणसभा शनिबार भव्यरुपमा सम्पन्न भएको छ । बसुन्धरा स्थित यती पार्टी भेन्युमा सम्पन्न सो साधारणसभाको सभापतित्व संस्थाका अध्यक्ष इन्द्र रिजालले गर्नुभएको थियो भने कार्यक्रममा संस्थाका अन्य पदाधिकारी एवम् शेयरधनिहरुको सहभागिता रहेको थियो ।

यस्तै कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, इभेन्ट्स एण्ड भेन्यु एशोसिएसन (इभा) का अध्यक्ष अनिल शर्मा, नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघका महासचिव उत्तम प्रकाश शर्मा , हेड्स नेपालका उपाध्यक्ष राम बहादुर श्रेष्ठ, अग्नी सिमेन्ट्सका सिइओ राजन तिमल्सिना लगायत विभिन्न क्षेत्रमा आबद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष रिजालले सबैको साथ र सहकार्यले संस्था सफलतापुर्वक अघि बढेको उल्लेख गर्नुभयो । उहाँले सम्पुर्ण शेयर सदस्य एवम् सुभेच्छुकहरुमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्ष रिजालले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै संस्थाको आगामी योजनाबारे पनि जानकारी गराउनुभयो ।
साथै कार्यक्रमका प्रमुख अतिथि सिटिजन लाइफ इन्स्योरेन्सका सिइओ पौडेलले संस्थाका लागि बिमाको महत्वबारे चर्चा गर्नुहुँदै सर्वनामसंग सहकार्य गर्न चाहेको बताउनुभयो । यस्तै कार्यक्रममा उपस्थित अन्य अतिथि एवम् संस्थाका प्रतिनिधिहरुले पनि सुभकामना मन्तव्य राखेका थिए ।
समारोहका बिच सर्वनाम बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्य समिति चयन गरिएको छ । नयाँ कार्यसमिति अन्तर्गत अध्यक्षमा इन्द्र रिजाल चयन हुनुभयो भने उपाध्यक्षद्धयमा तेजदत्त खकुराल र उत्तमप्रकाश शर्मा चयन हुनुभयो । यस्तै सचिवमा सुरेश सिंखडा, लेखा समिति संयोजकमा प्रदिप कोइराला, ऋण उपसमिति संयोजकमा शुरेशलाल श्रेष्ठ र शिक्षा समिति संयोजकमा अर्जुन शर्मा चयन हुनुभयो । कार्यक्रममा संस्थाले शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश समेत वितरण गरेको थियो । नयाँ शेयर सदस्यहरु आउने क्रम बढेको उक्त संस्थाले अझै सशक्त र सक्रिय रुपले अघि बढ्ने प्रण र रणनीति प्रस्तुत गरेको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here