सर्लाहीमा आगोमा जलेर एकको मृत्यु

सान्केतिक तस्बिर

२ फागुन, जनकपुरधाम । सर्लाहीमा आगोमा जलेर एकजनाको मृत्यु भएको छ ।

बागमती नगरपालिका-८ गिरी टोल बस्ने ६५ वर्षीय रामअशिष साहको आइतबार आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

frontline

आफ्नो घरको अगाडि आगो बालेर तापिरहेको अवस्थामा अचानक उनको शरीरमा आगो लागेर उनको घटनास्थलमै ज्यान गएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मृतक प्यारालाइसिसका बिरामी पनि थिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here