सरस्वती पूजा
आज तारकेश्वर नगरपालिका वडा न.५ अर्यालटार स्थित “सेन्ट जेभियर्स विद्या मन्दिर” विद्यालयले सरस्वती पूजा एवम अक्षरारम्भ कार्यक्रमको पावन अवसरमा आयोजना गरेको पूजा तथा भर्ना कार्यक्रममा भब्य र सब्य रुपमा सम्पन्न भएको छ ।प्ले ग्रुप देखि कक्षा ८ सम्म अध्यापन गराइने उक्त विद्यालय लोलाङ्ग -अर्यालटार क्षेत्रकै उत्कृष्ट विद्यालय मध्ये एकमा पर्दछ । विद्यार्थी एवम अभिभावकहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा अक्षरारम्भ गर्नुहुने नया विद्यार्थीहरुलाई नि:शुल्क भर्नाको व्यवस्था गरिएको थियो।विद्यार्थी एवम अभिभावक समेत गरेर करिब नौसय जनाले उक्त पूजा कार्यक्रममा सहभागीता जनाउनुभएको थियो ।साथै विद्याकी देवी सरस्वती माताले सबैलाइ सत्कर्म र असल बाटोमा हिड्ने आशिर्वाद अनि प्रेरणा दिउन भनी प्राथना गर्दै विद्यालयका प्र.अ. अविनाश उप्रेतीले कार्यक्रममा पाल्हुहुने सम्पुर्ण अभिभावकज्यूहरु,विद्यार्थीहरु,शिक्षक एवम कर्मचारीहरुलाइ हार्दिक आभार समेत प्र्कट गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्