सरकार बनाउन राष्ट्रपतिले दिएको समय आज सकिँदै, गठबन्धन सरकार बन्ने सम्भावना न्युन

फ्रन्टलाइन राजनीति । नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज सकिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि २७ गते राति नौ बजे राष्ट्रपति भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनको लागि आज राति नौ बजेसम्मको समय दिनुभएको थियो । तर सरकार गठनको नेतृत्व गर्न तम्सिएको नेपाली कांग्रेसले बहुमत जुटाउन सकेको छैन ।

३२ जना सांसद रहेको जनता समाजवादी पार्टी दुई खेमामा विभाजित हुँदा गठबन्धनको नयाँ सरकार बन्ने सम्भावना कम हुँदै गएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफूहरु नयाँ सरकारमा नजाने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत पत्र लेखिसक्नुभएको छ । तर अर्का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईले भने जसरी पनि केपी शर्मा ओलीलाई हटाउनुपर्ने भन्दै कांग्रेसलाई साथ दिने निर्णय गरिसक्नुभएको छ ।

frontline

जसपाले साथ नदिएपछि कांग्रेस सभापति देउवाले नेकपा एमालेको माधव नेपाल पक्षको साथ खोज्नुभएको छ । उहाँले नेपाल समूहका सांसदले राजीनामा दिएमा जसपाको महन्थ ठाकुर पक्षले साथ नदिए पनि नयाँ सरकार बन्ने बताउनुभएको छ । राजीनामा दिएर नयाँ सरकार गठनमा देउवालाई सघाउने बताए पनि माधव नेपाल समूहका सांसदले अहिलेसम्म राजीनामा दिएका छैनन् ।

नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएकाले राजीनामा दिएर नयाँ सरकार गठनमा कांग्रेस र माओवादीलाई सहयोग गर्ने आँकलन गरिएको छ । अहिले संसदमा दुई सय ७१ सांसद संख्या कायम रहेकोमा बहुमतको लागि एक सय ३६ मत आवश्यक पर्छ । तर नेपाल पक्षका सांसदले राजीनामा दिएमा बहुमत पु¥याउन कांग्रेस र माओवादीलाई सहज हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here