सरकारी स्वामित्वको कम्पनी जनकपुर चुरोट कारखाना २२ वर्षपछि पुनः संचालनमा ल्याइने

६ पुस, जनकपुर । सरकारी स्वामित्वको कम्पनी जनकपुर चुरोट कारखाना (जचुकाली) पुनः संचालनमा ल्याइने भएको छ । 

२२ वर्षदेखि बन्द कम्पनी पुनः सञ्चालनका लागि आवश्यक अध्ययन गर्न अर्थमन्त्रालयले समिति बनाएको छ ।

frontline

उद्योग मन्त्रालय, सरकारी उद्योग तथा संस्थान शाखाका प्रमुख गिरीराज ज्ञवालीले कारखाना संचालनका लागि अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेश गरेको जानकारी दिनुभयो ।

अर्थमन्त्रालय सकारात्मक भएकाले कम्पनी पनि पुनः ब्युँताउन लागिएको उहाँले बताउनुभयो । 

उद्योग मन्त्रालयकी सहसचिव चन्द्राकला पौडेलको संयोजकत्वमा रमेश केशी सदस्य र गगनबहादुर विश्वकर्मा सदस्यसचिव रहने गरी अध्ययन समिति गठन गरिएको छ ।

समितिले तत्काल संचालन गर्न अध्ययन गर्ने र त्यसका लागि अनुमानित लागतसमेत तयार पार्नेछ ।

यस कारखानाबाट शुरूमा वार्षिक २ अर्ब खिल्ली चुरोटको उत्पादन गरिन्थ्यो । विशेषगरी देउराली, याक र गैँडा उत्पादन गर्ने यस कारखानामा शुरूआतमा ३ सय ६६ जनाले रोजगारी पाएका थिए ।

यही पुस २५ गते कम्पनीको साधारणसभा बोलाइएको छ । संचालक समितिको पुस २ गतेको बैठकले २०५६/०५७ देखि आर्थिक वर्ष २०७६/०७७ सम्मको विषयहरू पारित गर्ने र नयाँ विषयहरू पारित गर्न साधारणसभा आव्हान गरिएको छ । 

साधारणसभापछि कम्पनी अद्यावधिक गरी काम अघि बढाइने बताइएको छ । हाल अध्यक्ष÷महाप्रबन्धक दुवैको जिम्मेवारी सरकारले सहसचिव चन्द्राकला पौडेललाई तोकिएको छ ।

२०५७ सालबाट चुरोटको उत्पादन बन्द भएपछि सात वर्षसम्म सरकारले कर्मचारीलाई सेवासुविधा दिँदै आएको थियो ।

तर कामबिनाका कर्मचारीलाई पाल्न राज्यलाई भार हुने भन्दै सरकारले २०७० सालमा कारखाना तत्काललाई बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here