सरकारले स्पीड नलिएकोमा अचम्म मान्नु पर्दैन : महासचिव ईश्वर पोखरेल

२५ कार्तिक, चितवन : नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले शेरबहादुर देउवा नेतृत्व वर्तमान गठबन्धनको सरकारले मुलुकलाई पार नलगाउने दावी गरेका छन्।  

भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै महाचिव पोख्रेलले सरकारले काम गर्न नसकेको आरोप लगाएका हुन् । उनले सरकारले स्पीड नलिएकोमा अचम्म मान्नु नपर्ने समेत बताए।

frontline

‘सरकारले काम नगरेको विषयमा हामीलाई अचम्म लागेको छैन, ‘उनले भने, ‘यो सरकारजस्तो पृष्ठभूमिमा बन्यो, जुन तरिकाले बन्यो, जस्तो शक्तिबाट मिलेर बन्यो, जे हुनु थियो त्यही भइरहेको छ।’ 

एमालेको १० औं महाधिवेशनको तयारीका लागि उनी चितवन आएका हुन्। पार्टीका उपाध्यक्ष भिम रावलले दश बुँद्धे कार्यान्वयन नभएको भन्दै असहमति जनाएको प्रसंगमा आधारभूत रुपमा कार्यान्वयन भएको बताए । 

आसन्न महाधिवेशनका लागि आफूले सल्लाह गरेर मात्रै उमेदवारी दिने बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here