सरकारले सबैलाई निःशुल्क खोप उपलब्ध गराउने

काठमाडौं । सरकारले सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई यथाशीघ्र निःशुल्क खोप उपलब्ध गराउने जानकारी गराउनुभयो । त्यसका लागि सरकारले २६ अर्ब ७५ करोड छुट्याएको छ ।

frontline

नयाँ बजेट कोभिड नियन्त्रण रोकथाम तथा उपचारमा केन्द्रित रहेको छ ।

सरकारले काठमाडौंमा तीन सय शैयाको सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको छ । १ सय शैयाभन्दा बढीका अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट स्थापना गर्ने, कोभिड जोखिम भत्तालाई यथावत्, सातै प्रदेशमा सरुवा रोग अस्पताल तथा स्थानीय तहको स्वास्थ्य अनुदानमा वृद्धि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here