सरकारले बढायो सार्वजनिक सवारीको भाडा

१८ चैत, काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशतसम्म बढाएको हो ।

यातायात व्यवसायीले इन्धनको मूल्य बढेको भन्दै दबाब दिएपछि सरकारले सार्वजनिक सवारी साधनमा भाडा बढाएको हो ।

frontline

मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत् प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा भाडा बढाउन स्वीकृत गरेको हो ।

यातायात व्यवस्था विभागका अनुसार एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारी साधनमा मात्रै भाडा बढाइएको हो ।

रुटअनुसार बढेको भाडाको सूची आइतबार सार्वजनिक गरिने र सूची सार्वजनिक भएपछि लागू हुने विभागले जनाएको छ ।

तर, स्थानीय स्तरमा चल्ने (लोकल) सवारी साधनको भाडा भने नबढ्ने विभागले जनाएको छ । यसका साथै अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा सो अनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको बताइएको छ ।

विभागका अनुसार गत असारयता डिजेलको मूल्य ३४ प्रतिशत बढेको आधारमा हाल नयाँ भाडादर तय भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here