सरकारले पठायो सबै प्रदेशमा पारासिटामोल

७ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा पारासिटामोल पठाएको छ ।

देशभर कोरोनाका बिरामी बढेसँगै पारासिटामोल अभाव भएको थियो। मन्त्रालयले शुक्रबार सातवटै प्रदेशमा पारासिटामोल पठाएको हो।

frontline

मन्त्रालयका अनुसार सबै प्रदेशमा १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट पारासिटामोल पठाएको हो ।

प्रदेश एकमा २७ लाख ६४ हजार, मधेश प्रदेशमा २१ लाख ३० हजार, बागमती प्रदेशमा १० लाख ९८ हजार ट्याव्लेट पारासीटामोल पठाएको छ ।

यस्तै, गण्डकी प्रदेशमा १८ लाख, लुम्बिनी प्रदेश २७ लाख ३० हजार, कर्णाली प्रदेशमा १० लाख २० हजार र सुदूरपश्चिम प्रदेशमा १८ लाख ट्याव्लेट पठाएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here