सरकारद्वारा पर्यटन बोर्डका सीईओ डा. रेग्मीसँग लिखित स्पष्टीकरण माग

२३ कार्तिक, काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीसँग लिखित स्पष्टीकरण माग गरेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सीईओ रेग्मीलाई मन्त्रालयमा बोलाएर शनिबार भन्सारका कर्मचारीसँग भएको विवादका सम्बन्धमा जानकारी लिएका थिए ।

त्यसपछि नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले लिखित स्पष्टिकरण माग गरेका हुन् । उनलाई तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ ।

frontline

लण्डनबाट काठमाडौं आउने क्रममा शनिबार भन्सार विभागका कर्मचारीसँगको लफडामा मुछिएपछि सीईओ रेग्मीसँग पर्यटन मन्त्री आलेले यस विषयमा के भएको हो भनी जानकारी लिएका थिए ।

यो यात्रामा मन्त्री आलेसमेत सँगै थिए । सीईओ रेग्मीले शनिबार घटना भएको कुराकानीमा स्वीकार गरेका थिए । यद्दपि आफूले कर्मचारीलाई हात उठाएको विषय भने सत्य नभएको उनको दावी छ ।

मन्त्रालयले दुर्व्यवहार भएको भनिएका भन्सारका कर्मचारीसँग समेत टेलिफोनबाट घटनाबारे जानकारी लिएको छ ।

यसैबीच बोर्डले भने एक विज्ञप्ति जारी गर्दै सामान्य घटनालाई उचालेर ठूलो बनाइएको भन्दै आपत्ति प्रकट गरेको छ ।

कर्मचारीसँग भएको सामान्य भनाभनलाई हात हालेको भन्दै उचालिएको र सीईओले मापसे सेवन गरेको विषय समेत झुट रहेको बोर्डको दावी छ ।

बोर्डको स्पष्टीकरण :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here