सरकारद्वारा चार महत्वपूर्ण नीति पारित

५ पुस, काठमाडौं । सरकारले चार महत्वपूर्ण नीति पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् सामाजिक समितिले ती नीतिहरू पास गरेको हो ।

समितिको मंगलवार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेश गरेको दुईवटा नीति पास गरेको हो । 

frontline

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७९–२०८९ र स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०७८ पारित भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेयले जानकारी दिए ।

त्यस्तै समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेश गरेको राष्ट्रिय बालबालिका नीति २०७९ र अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०७९ पास गरेको सचिव पाण्डेयले जानकारी दिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समिति बैठकले पारित गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिमा स्थास्थ्यमा कुल बजेटको १० प्रतिशत लगानी पु¥याउनु पर्ने उल्लेख छ । 

स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीतिमा महिला, बालबालिका, मधसी, दलित, पिछडिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुलाई पनि स्वास्थ्यमा समान अधिकारको विषय उल्लेख गरिएको छ । 

बालबालिका नीतिमा बालबालिकाका चार अधिकारको ज्ञारेन्टी गरिएको छ । बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारलाई नीतिमा उल्लेख गरिएको सचिव पाण्डेयले जानकारी दिए । 

अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीतिमा अपांगको सबै निकायमा पहुँच, रोजगारीको व्यवस्था, सहुलियतको व्यवस्था र स्वास्थ्य उपचारबारेको विषय मुख्यरुपमा प्राथमिकताकासाथ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here