सरकारको नीति तथा कार्यक्रममाथि छलफल २२ गतेदेखि, २८ गते प्रधानमन्त्रीको जवाफ

१९ वैशाख, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि छलफल सुरु हुने भएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सरकारको नीति कार्यक्रममाथि वैशाख २२ गतदेखि २८ गतेसम्म छलफल गर्ने कार्यसूची तय भएको जानकारी दिए ।




सभामुख घिमिरेका अनुसार २८ गते नै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
त्यस्तै, नीति तथा कार्यक्रममाथि संशोधनका लागि वैशाख २० र २१ गते कार्य व्यवस्था शाखामा संशोधनको सूचना दिन सकिने उनले जानकारी दिए ।
नीति तथा कार्यक्रम |प्रतिनिधिसभा
प्रतिक्रिया दिनुहोस्