सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित
१४ जेष्ठ, काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।
राष्ट्रपति विद्या भण्डारीले गत ज्येष्ठ १० गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी सो नीति तथा कार्यक्रम प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा बहुमतले पारित भएको हो ।
बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सो नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेलगत्तै सांसदहरुको बहुमतले पारित गरेका हुन् ।
यस अघि सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ, दुर्गा पौडेल र प्रेम सुवालले राखेका सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको संशोधन प्रस्ताव अस्विकृत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्