सयौं वर्ष पुरानो बुद्धको मूर्तिसहित पाँच जना पक्राउ

बिहीबार, काठमाडौं। बर्दियामा बुद्धको मूर्तिसहित पाँच जना पक्राउ परेका छन् । बिहीबार बर्दियाको गुलरिया नगरपालिका–७ स्थित विजय गेष्ट हाउसबाट प्रहरीले सयौं वर्ष पुरानो मूर्तिसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका ७ का ४० वर्षीय निराजन उप्रेती, बर्दिया मधुबन नगरपालिका–१ का ३४ वर्षीय उज्वल रोकाय, ३४ वर्षीय अमृत राई, बर्दिया ठाकुरबाबा नगरपालिका–९ का ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका–२ का २९ वर्षीय मग बहादुर नेपाली पक्राउ परेका हुन्।

frontline

गेष्ट हाउसमा सयौं वर्ष पुरानो, बहुमूल्य पुरातत्विक महत्व भएको बुद्धको मूर्ति बेच्न लागेको भन्ने सूचना पाएको थियो।

सो मूर्ति उनीहरूले करोडौंमा बेच्न लागेको भन्ने खबर पाएको शाहीले बताए। सोही सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई होटलको कोठा नम्बर ३२८ बाट पक्राउ गरेको हो।

पुरानो बहुमूल्य धातुको मूर्ति करोडौं रुपैयाँमा किनबेच गर्न लागेको सूचनाका आधारमा पक्राउ गरिएको बर्दियाका प्रहरी प्रवक्ता डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।

उक्त होटलको कोठा नं. ३२८ मा चेकजाँच गर्दा किनबेचको तयारी भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here