सम्हालियो नेप्से परिसूचक, बढ्यो ३२ अंकले

२० मंसिर, काठमाडौं । कारोबार खुला भएको एक घण्टामै ७१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सम्हालिएको छ ।

कारोबार बन्द हुँदा नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २ हजार ५ सय ४६ दशमलव ०८ अंकमा पुगेको छ ।

frontline

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ६३ अंकले बढेको छ ।

सोमबार कारोबार खुला भएसँगै लगातार घटिरहेको नेप्से पहिलो घण्टा नबित्दै २ हजार ५ सय तल झरेको थियो ।

३ हजार २ सय माथि पुगेको ऐतिहासिक रेकर्ड राखेको नेप्से परिसूचक पछिल्लो समय लगातार घटेर २ हजार ५ सय तल झरेको हो ।

साताको पहिलो दिन आइतबार नै ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार सम्हालिएको छ ।

कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ । दिनभर भएका ६९ हजार ८८८ कारोबारबाट ९४ लाख ७१ हजार ३ सय ११ कित्ता शेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here