सम्पर्कबिहीन भएका पुरुषको शव पोखरीमा भेटियो

२१ मंसिर, महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका ५ गेना वथनाहास्थित पोखरीमा एक पुरुषको शव भेटिएको छ ।

जलेश्वर नगरपालिका ७ अन्कारका ४२ वर्षीय  रामश्रृष्ठ यादवको शव भेटिएको हो । शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए ।

frontline

घटनाको सम्बन्धमा विस्तृत रुपमा जानकारी हुन नसकेको र शव पोष्टमार्टमपछि मात्र केहि भन्न सकिने एसपी अचार्यले जानकारी दिए ।

गत शुक्रबार महोत्तरीमा बरामद भएको १ सय १ किलो गाँजा ओसारपोसार घटनामा उनको समेत संलग्नता रहेको प्रहरीले बताएको छ।

सो घटनापछि मृतक यादव एकाएक सम्पर्कबिहीन भएको जलेश्वर नगरपालिका ७ का वडाअध्यक्ष रामछविला यादवले बताए ।

उनले मृतक यादवको खोजी सोहि दिनदेखि हुँदै आएकोमा उनको शव भेटिएपछि आफूहरु शसंकित भएको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here