सम्पदा संरक्षण गर्न ढुंगा बिछ्याउँदै सूर्यविनायक

 भक्तपुरको सूर्यविनायक नगरपालिकाले   नेवार बस्तीको बसोबास रहेको टोलमा सम्पदा संरक्षण र प्रवद्र्धन गर्न ढुंगा बिछ्याउन सुरु गरेको छ । नगरपालिकाको वडा नम्बर १ स्थित सिरुटारको धन्सार टोलमा ढुंगा बिछ्याउन थालिएको हो ।

नगरपालिका उपप्रमुख जुना बस्नेतले पुराना बस्तीमा सम्पदा संरक्षण भएसँगै पर्यटकलाई थप आकर्षित गर्न सकिने विश्वास व्यक्त गरिन् । इँटा बिछ्याइएको सडक जीर्ण हुँदै गएको थियो । ढुंगा बिछ्याउन थालेपछि स्थानीय खुसी छन् ।

frontline

वडाध्यक्ष सानुकाजी कायस्थका अनुसार करिब २ सय मिटरको बाटोमा ढुंगा बिछ्याइनेछ । नेवार बस्तीको बसोबास रहेको टोलमा सम्पदा संरक्षण र प्रवद्र्धन गर्न ढुंगा बिछ्याउन लागेको उनले बताए । 

‘आगामी आर्थिक वर्षमा काम सम्पन्न गर्ने योजना बनाएका छौँ । २ सय मिटर सडकबाट ५० घरधुरी प्रभावित हुनेछन्’, वडाध्यक्ष कायस्थले बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here