समुचित लक्ष्य भेदन

रचना ; संदिप गिरी

समुचित लक्ष्य भेदन छ
भर्खरभर्खर त उडान भरिएको छ
अगाडि,अझै कति धेरै कठिनाइहरु भेट्न छ

frontline

जो सुतिरहेका छन् तिनलाई पनि जगाइन्छ
निज राष्ट्रको सुरक्षा मा अब नव चेतनालाई तिनको जिम्मेवारी देखाईन्छन

बुर्जुवाहरुलाई सत्ता सुम्पेर हेरि सक्यौं , मित्रहरू हो !

जहर घोल्यो, युवा, किसान् मजदुर र गरिब पोल्यो

दलाल पल्कायो , देशलाई धितो चढायो

न्यायमूर्ति कठमुल्ले बन्नायो र
पटकपटक न्यायपालिका लाई आफ्नो इसारामा नचायो

संविधानको पंक्ति लाई संशोधन गरि सानालाई ऐन र
ठुलालाई चैन मिलायो
वेतन भोग्यो एवम् परिवारवादमा सत्ता रमयो र रमायो

अब त हामी बुर्जुवाहरुलाई पनि सत्ता सुम्पेर हेरि सक्यौं , मित्रहरू हो !

असलमा,हामी जसलाई आदर्श ठान्यौ
वास्तमा तिनीहरु भित्रभित्र खोखला छन

निर्धन जनता प्रति शोषण बढाउछ्न
र झुठफुसको स्वस्थ लोकतंत्रको चर्कोचर्को भाषण सुनाउछन्

अब निज राष्ट्रको सुरक्षामा नव चेतनालाई नै सत्ता चढाउन छ

जसले तोडेर शोषण , शासनको दिशा मोडनेछ्न
समाजिक मुर्खता र अमानवीय हस्तक्षेपको अन्त तोक्ने छन्

उत्पादन सँग बैज्ञानिक सम्बन्धको
सौंदर्यशास्त्र सँग नैतिकताको

नैतिकता सँग स्वतन्त्रताको र

स्वतन्त्रता सँग संविधान र
विधिशास्त्रको शुद्ध लगाव जोड्ने छन् ।

जसले तोडेर क्षितिज यथास्थितिको
समुचित लक्ष्य भेदने छन्
अब निज राष्ट्रको सुरक्षामा नव चेतनालाई जगाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here